Kastamandap-air-crash-1

काठमाडौ। एक दिन अगाडि मात्र नेपालको आकाशमा तारा एअरको म्याग्दीमा दूर्घटना भएर सवार २३ जनाको ज्यान गएको लगतै पर्सिपल्ट एअर काष्ठमण्डपको विमान विकट कालिकोट जिल्लामा दूर्घटना भएको छ। शुक्रवार मध्यान्ह नेपालगन्जवाट जुम्लाको लागि उडेको एअर काष्ठमण्डपको विमान उडेको केही मिनेटमा नै आकाशमा अनियन्त्रित हुन थालेपछि आकस्मिक अवतरण गर्ने क्रममा दूर्घटना भएको प्रारम्भिक अनुसन्धानवाट पत्ता लागेको छ।

Kastamandap-air-crash-4

आकाशमा नै फाइटर विमान जस्तो तलमाथि भएर उड्न थालेपछि सवार यात्रुहरुमा कोलाहल तथा रुवाबासी भएपछि पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले आफूहरु मरेर पनि यात्रुहरुलाई बचाउने आश्वासन दिदै आकस्मिक अवतरण गर्ने क्रममा कालिकोटको चिलखाया गाविस–२ मा दूर्घटना भएको कालिकोट जिल्लाको प्रमुख जिल्ला अधिकारीले प्रदीप श्रेष्ठले बताएका छन्।

Kastamandap-air-crash-2

बलपूर्वक अवतरण गराउने क्रममा विमानको अग्रभाग खेतमा जोतिएकोले अग्रभाग ध्वँस्त भएको छ। जसवाट पाइलट न्यौपाने र को–पाइलट रानाको ज्यान गएको छ। बाँकी सवार नौ यात्रीहरुको ज्यान बच्न सफल भएको पनि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनेका छन्। आफूहरु मरेर पनि पाइलट तथा को–पाइलटले कालिकोट विमान दूर्घटनामा यात्रुहरुको ज्यान जोगाएको एकदम नयाँ तथा दूर्लभ घटनाको रुपमा लिइएको छ। आफूहरु मरेर पनि यात्रुको ज्यान जोगाउने पाइलट न्यौपाने र को–पाइलट रानाको साहसको तारिफ गरिएको छ।

Kastamandap-air-crash-3

ज्यान जोगिएका यात्रुहरुको कालिकोटको स्थानिय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पश्चात श्रीएअर लाइन्सको हेलिकप्टरवाट नेपालगन्जको कोहलपुर अस्पतालमा लगेर थप उपचार गरिएको छ। विमानमा सवार नौ जना यात्रुहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
प्रकाशन मिति–२०७२ साल फागुन १४ गते शुक्रवार ।