काठमाडौं। लायन्स क्लब अफ काठमाडौं टि कपनका पूर्वअध्यक्ष एवं डिष्ट्रिक ३२५ बि१ का चेयरपर्सन ठाकुरप्रसाद खकुरेलले चुरोट सेवन गर्ने बानी लगायतका कुलतलाई त्यागेर ती कुलतमा हुने खर्च जोगाएर समाज सेवा गर्दै आएको खुलासा गरेका छन्। केही बर्षदेखि त्यसरी जुगाड गर्दैआएको रकमलाई प्रत्येक बर्षको जन्मदिनको अवसरमा सामाजिक कार्यमा खर्चिने गरेको पनि खकुरेलको भनाई छ।

यो बर्षको जन्मदिनको अवसरमा आइतवारमात्र अपाङ्गता भएका बालबालिकाहरुलाई खाना खुवाउनुको अलावा शैक्षिक सामाग्री हस्तान्तरण गरेर जन्मदिन मनाउने कार्य खकुरेलवाट भएको छ। बूढानिलकण्ठ नगरपालिका वडा नंबर ११ कपन स्थित बाल अपाङ टेवा संस्थामा आश्रित ३० जना शारीरिक अपाङ्गता भएका बालबालिकाहरुलाई भोजन गराउनुको अलावा शैक्षिक सामाग्री हस्तान्तरण गरेर खकुरेलले आफ्नो ६४ औं जन्मदिन मनाउने कार्य भएको हो।

कार्यक्रम बागमती प्रदेश सभा सदस्य कुसुमकुमार कार्कीको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष सुरेन्द्र दियालीको अध्यक्षतामा भएको थियो। लायन्स क्लब ईन्टरनेशनल ३२५ बि १ का भाईस डिष्ट्रिक गभर्नर महेन्द्र पौडेल, क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक पिआरओ सबिन पन्त ‘पृथक’, पूर्व अध्यक्ष एवं डिष्ट्रिक चेयरपर्सन संगीता पन्त, प्रथम उपाध्यक्ष सुनन्दा पन्त, बूढानीलकण्ठ नगरपालिका वडा नं.१० का वडाध्यक्ष नवराज भट्टराई, ११ का वडाध्यक्ष राजु अधिकारी, १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई, काठमाडौं खेलकुद विकास समितिका पूर्वअध्यक्ष ध्रुवराज न्यौपाने, समाजसेवी रत्न उप्रेती, भानुभक्त थपलिया, ग्लोबल हामी नेपाली अमेरिकाकी संयोजक ईन्दिरा त्रिपाठी, बाल अपाङ टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पा लगायतको उपस्थिति रहेको थियो।

उपस्थित सम्पूर्ण अतिथिहरुले पूर्वअध्यक्ष खकुरेलको जन्मोत्सवको अवसरमा खकुरेलको कपन क्षेत्रमा रहेको उत्कृष्ट योगदानको चर्चा गर्दै समाजसेवा गर्ने चाहना र शारीरिक स्फुर्ति अझै वृद्धि होस् भन्ने कामना गरेका थिए।
प्रकाशन मिति–२०७७ साल चैत्र ८ गते आइतवार ।