धनगढी । नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रिय बैठक कैलालीको टीकापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज कैलाली जिल्ला शाखाको आतिथ्यतामा सम्पन्न भएको छ। रक्त ब्यबस्थापनमा देखिएको कमी–कमजोरी र आगामी दिनमा गर्नुपर्ने सुधारका बिषयमा गम्भीरतापूर्वक छलफल गरि बिबिध निर्णय गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष १८ बुँदे ज्ञापन–पत्र बुझाउने निर्णय समेत भएको छ।

त्यसको अलावा स्वयंसेवी रक्तदाता समाजले बिगतदेखि उठाउदै आएको निःशुल्क रगत र रगतबाट तयार परिएको रक्ततत्वहरू बितरण हुनुपर्ने मागलाई टीकापुर नगरपालिकाद्वारा टिकापुर नगरवासीहरूलाई उपचारका क्रममा आवश्यक रगत र रक्ततत्वहरूलाई निःशुल्क उपलब्ध गराउने निर्णयलाई स्वागत एवम् धन्यवाद ज्ञापन गर्ने कार्य भयो। धन्यवाद ज्ञापन गर्दै मेयर तपेन्द्र बहादुर रावललाई फूलमाला पहराएका थिएभने, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा सम्मान गरिएको थियो।

साथै,देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीद्वारा देवदह नगरवासीलाई रगत र रक् तत्वहरू निःशुल्क उपलब्ध गराउने घोषणाको कार्यान्वयनको लागि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बिशेष अनुरोध गर्ने कार्य पनि भएको हो। सो अवसरमा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीद्वारा आगामी आ.ब. अथवा जतिसक्दो चाँडो नेपाल स्वयंसेवी रक्तदाता समाजले उठाउँदै आएको निःशुल्क रगत र रक्ततत्वहरू उपलब्ध गराउनेमा प्रतिबद्धता समेत ब्यक्त गरेका छन्।

सोही अवसरमा बुटवल रक्त ब्यबसथापन समितिका सदस्य गोपाल प्रसाद ढकालद्वारा खादा ओढाई सम्मान प्रदान गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई देवदह नगरमा स्वागत गर्नु साथै देवदह बाणिज्य संघको तर्फबाट बध्दकालिन ऐतिहासिक पाकरी बृक्ष र बुध्दको चित्र अंकित मायाको चिनो समेत प्रदान गरिएको थियो।
प्रसारण मिति–२०७६ साल मंसीर ८ गते आइतवार ।