https://www.youtube.com/watch?v=GBG6bUU_1SM

–सुनकुमार अवाल
मध्यपुर थिमि (भक्तपुर)। एकपछि अर्को कोरोनाभाइरस (कोभिड–१९) को प्रत्येक बर्षको संक्रमणले विश्व आक्रान्त बनिरहेको छ।

जसको चर्को मार नेपाल र नेपाली जनतालाई पनि परिरहेको छ। विगत दुई बर्षदेखि आक्रान्त पारिरहेको कोभिड–१९ को संक्रमणले जनजीवन तथा व्यापार व्यवसायलाई व्यापक असर पारेको आम नागरिकको तर्क जस्तै मध्यपुर थिमि नगरपालिका वडा नंबर १ स्थित लोकन्थलीका सागर नगरकोटीको पनि रहेको छ।

लोकन्थलीमा सागर मोवाइल रिपेरिङ सेन्टर खोलेर मोवाइलको व्यवसाय गर्दैआएका नगरकोटीले आफूहरु जस्ता व्यवसायी मात्र नभइकन सारा नेपालीलाई कोभिड–१९ को प्रत्येक बर्षको नयाँ नयाँ संस्करणले बर्बाद पारेको बताएका छन्।

यो कोभिड–१९ चाँडै नै विश्वभरवाट चाँडै नै सखाप नै होस् भनेर भगवान पशुपतिनाथसंग प्रार्थना गर्ने कार्य पनि व्यवसायी नगरकोटीले गरेका छन्।

https://www.youtube.com/watch?v=GBG6bUU_1SM

प्रकाशन मिति–२०७८ साल माघ ७ गते शुक्रवार ।