काठमाडौं। रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया जान गत जेठमा लिइएको भाषा परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएका छन्। मानव संसाधन विभाग कोरियाले लिएको परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग नेपालअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ।

Korea EPS exam 3

उत्तीर्ण भएका उम्मेदवारले स्वास्थ्य परीक्षण,प्रहरी प्रतिवेदनलगायतमा सफलता प्राप्त गर्नुपर्ने शाखाले जनाएको छ। यसरी उत्तीर्ण भएकाहरु कोरिया जाने निश्चित भने हुँदैन। उत्तीर्ण भएकालाई प्रतीक्षा सूचीमा राखी कोरियाबाट आएको मागका आधारमा मात्रै उनीहरुलाई पठाउने गरिन्छ।

उत्तीर्ण भएकाको नामावली www.epsnepal.gov.np,www.mole.gov.np, www.eps.go.kr मा हेर्न सकिने शाखाले जनाएको छ। भाषा परीक्षाका लागि ७५ हजार ६०० जनाले आवेदन दिएकामा गत जेठमा भएको परीक्षामा ६८ हजारमात्रै परीक्षार्थी सहभागी भएका थिए।

प्रकाशन मिति–२०७४ साल साउन १० गते मंगलवार ।