काठमाडौं। गन्तव्य नेपाल ग्रुपको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ।

१६ जेठमा नक्साल स्थित नारायण चौरबाट १२० जना पत्रकारलाई पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर वितरण गरेका गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलले आज मंगलवार दोस्रो चरणमा महाराजगन्ज स्थित कामपा वडा नं ३ स्थित कान्ति चौर परिसरबाट सो दिन छुटेका ५० भन्दा बढी पत्रकारलाई तिनै सामग्री वितरण गरेका हुन।

आयोजक गन्तव्य नेपालका अध्यक्ष अधिकारीका अनुसार, जोखिमको समयमा सूचना प्रवाहमा क्रियाशील पत्रकारको सुरक्षामा सहयोग पुर्याउने गन्तव्य नेपालको अभियान निरन्तर यसरी नै अघि बढ्रिहने भएको छ। अध्यक्ष अधिकारीले सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार प्रति पनि आभार प्रकट गरेका छन् ।

सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार परिवार र विशेष गरी विहारका मूल गुरु हाल नेपालमा रहेका ताइवानी नागरिक हेगुवाङ शी प्रति आभार प्रकट गर्ने कार्य अध्यक्ष अधिकारीवाट भएको छ। अधिकारीकै अध्यक्षतामा दुई साताअघि राष्ट्रिय पर्यटन पत्रकार समाज (नाटोज)ले पनि पाँच दर्जन जति पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको थियो।
प्रकाशन मिति–२०७७ साल जेठ २० गते मंगलवार ।