चितवन । चितवनको रामपुरमा निर्माणधिन अन्तर्राष्ट्रिय रंगशालामा लगाइएको अस्थायी बार भत्काइएको छ। डोजर लगाएर कसैले भत्काएपछि रंगशालाको काम रोकिएको छ।

उक्त घटना पश्चात् धुर्मुस् सुन्तली फाउण्डेसनले काम गर्ने वातावरण नभएको, कर्मचारीको जिउ ज्यान र भौतिक सम्पत्तीको सुरक्षा नभएको भन्दै रंगशाला निर्माणको काम तत्कालको लागि स्थगित गरेको हो।

घटनाको भत्सर्ना गर्दै तत्कालको लागि काम स्थगित गरेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष धुर्मुस सीताराम कट्टेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । काम गर्ने वातावरण नभएसम्म रंगशालाको काम स्थगित रहने धुर्मुस सीताराम कट्टेलको भनाई रहेको छ।
प्रकाशन मिति–२०७६ साल जेठ १६ गते विहीवार ।