Belayat Yatra Samiksha 1काठमाडौ। नेपाल र बेलायतको दौत्य संवन्ध स्थापना भएको दुई सय बर्षगाँठ पुगेको अवसरमा जंगवहादुरको बेलायत यात्रामा आधारित समिक्षात्मक विचार गोष्ठी संपन्न भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाली साहित्य विकास परिषद नेपाल च्याप्टरको आयोजनामा उक्त गोष्ठी भएको नेपाली साहित्य विकास परिषद बेलायतका कार्यवाहक अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले बताएका छन्।

Belayat Yatra Samiksha 4

गोष्ठीमा नेपालमा पारेको साहित्यिक, सामाजिक, कूटनीतिक लगायतका प्रभावका बारेमा विचार विमर्श भएको पनि अध्यक्ष मल्लले भनेका छन्।नेपाल बेलायत दौत्य सम्बन्ध उजागर गर्ने सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ तथा इतिहासकार ज्ञान मणि नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए । आफ्नो कार्यपत्रमा इतिहासकार नेपालले बेलायत यात्राका क्रममा जङ्गबहादुर स्वयम् र बेलायतवासीमा परेको प्रभावको विशद् व्याख्यान गरे ।

कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा प्राध्यापक जयराज आचार्यले जङ्गबहादुर राणाको बेलायत यात्राले शिक्षा, साहित्य, कानुन र सञ्चारमा पारेका प्रभावहरू बारे उल्लेख गरे। कार्यपत्रमाथि समीक्षा गर्दै परराष्ट्रविद् तथा बेलायतका लागि नेपाली पूर्व राजदूत डा. सुरेश चालिसेले नेपाल र बेलायतबीचको लामो दौत्य सम्बन्धले पारेको कूटनीतिक तथा राजनीतिक प्रभावको सकारात्मक तथा नकारात्मक पाटाहरू चिरफार गरे।‘जङ्गबहादुरको बेलाइत यात्रा’ कार्यपत्र उपर समीक्षाकै क्रममा इतिहासविद् प्रा. डा. सुरेन्द्र केसीले राणाहरूले धेरैथोक गर्न सक्ने हुँदाहुँदै पनि केही नगरेर नागरिकलाई अँध्यारोमा राखी आफू र आफ्ना मात्र रम्ने काम भएको तीतो सत्य बारे चर्चा गरे।

Belayat Yatra Samiksha 3समीक्षाकै सन्दर्भमा नेपाली साहित्य विकास परिषद् यू.के.का संस्थापक अध्यक्ष साहित्यकार सुरेश जङ्ग शाहले नेपालीले बेलायतलाई दुवै विश्वयुद्ध लगायत विभिन्न समयमा बलिदान गरे तापनि नेपालीले त्यो सम्मान अझै प्राप्त गर्न नसकेको कुरा औल्याउदै यसरी श्रम सधै बाहिरिनु राष्ट्रको हितमा नहुने कुरा चर्चा गर्नु भयो। नेपाल बेलायत दौत्य सम्बन्धको समीक्षा गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा. गङ्गा उप्रेती, प्राध्यापक डा. त्रिरत्न मानन्धरले सकारात्मक एवम् नकारात्मक पक्षहरू केलाएर सकारात्मक पक्षहरूको गोडमेल गर्नुपर्ने कुरामा जोड दिदै जङ्ग बहादुरको बेलायत यात्रा ऐतिहासिकरूपले महत्वपूर्ण भएको चर्चा गर्नु भयो।

Belayat Yatra Samiksha 2कार्यक्रमकी सभापति तथा नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरकी अध्यक्ष इल्या भट्टराई तथा नेपाली साहित्य विकास परिषद, नेपाल च्याप्टरका संयोजक गोपाल पराजुलीले नेपाल बेलायत दौत्य सम्बन्धलाई लेखाजोखा गर्नुपर्ने र दुई देशकाबीचमा साहित्य बिस्तार गर्नु पर्ने कुरा प्रकाश पार्नु भयो । कार्यक्रममा स्वागत मन्तव्य सञ्चारकर्मी तथा नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरका महासचिव हरिशरण लामिछानेले गरेका थिए भने साहित्यकार सन्ध्या पहाडीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
प्रकाशन मिति–२०७३ साल साउन २२ गते शनिवार ।