–निशान बुढाथोकी
काठमाडौं। हरेक मानिसलाई आफु जन्मिएको बार अनुसार आफ्नो भाग्य र स्वभाव जान्ने इच्छा हुन्छ । त्यसो त हिन्दु धर्म अनुसार मानिसको जन्मेको समय, तिथि मिति, बार, ठाउँ अनुसार ग्रह दशा , भाग्य र भविष्य थाहा पाउन सकिने बताउँछन् ज्यातिषिहरु। यद्यपि यसकै पछि लागेर फलको आशा गर्नु चाँही राम्रो कदापि होइन ।

आइतबारः हप्ताको शुरुको बार आइतबार हो ।आइतबार जन्मिएका मानिसहरु सकारात्मक सोचका हुन्छन् भने धेरै साथीहरु बनाउँने स्वभावका हुन्छन् । यो बार जन्मिएका मानिसहरुको प्रेम विवाह हुन्छ भने धनवान, गुणी र चतुर पनि हुन्छन् । जो कोहीको सेवा गर्न हरदम तल्लिन रहन्छन् भने चाँडै रिसाउने गर्दछन् । आइतबार जन्मिएका मानिसहरुको चिन्तन शक्ति धेरै हुने भएकाले वकालतको क्षेत्रमा बाजी समेत मार्छन् । चाडै रिसाउने बानीले गर्दा  सहयोग गर्ने मानिसहरु उल्टै तपाईसंगै रिसाउने गर्दछन् ।

सोमबार ः सोमबार जनिमएका मानिसहरु निकै माया गर्ने स्वभावका हुन्छन् र लोभी पनि हुन्छन् । कर्म क्षेत्रमा ज्यादै सुखी हुन्छन् यी बार जन्मिएका मानिसहरु । स्मरण शक्रि पनि राम्रो हुन्छ । सोमबार जनिमएका मानिसहरु सुनदरताले भरिपूर्ण हुने गर्दछन् जसले गर्दा उनीहरुमा आकर्षण शक्ति धेरै हुन्छ । यो बार जन्मिएका मानिसहरु अत्ति संवेदनशिल पनि हुन्छन् ।

मंगलबार ः मंगलबारलाई अलि कडा बारको रुपमा पनि लिइन्छ । यो बार जन्मिएका मानिसहरुको रिस पनि कडा नै हुन्छ । यी बार जन्मिएका मानिसहरु साहसी खालका हुन्छन् भने अरुलाई सरसहयोग गर्न हरदम तयार पनि हुन्छन् । अन्याय सहन नसक्ने स्वभावका हुन्छन् । जहिले पनि साँचो कुरा नै बोल्ने गर्दछन् । कर्म क्षेत्र यिनीहरुको बलियो नै रहन्छ भने आरामदायी जिवन बिताउन खोज्ने यिनीहरुको स्वभाव हुन्छ ।

बुधबार ःहप्ताको चौथो बार अर्थात् बुधबार हो । यो बार जन्मिएका मानिसहरुको प्राविधिक क्षेत्र राम्रो हुन्छ । सिपमूलक कुराहरु सिक्न यिनीहरु हरपल लागिरहन्छन् । शान्त स्वभावका यी मानिसहरु तलाउको पानी जस्तै हुन्छन् । केही गर्नुपर्छ, अगाडी बढ्नुपर्छ भन्ने सकारात्मक सोचका धनी यिनीहरु आनन्द तरिकाले जीवन बिताउने खालका हुन्छन् । हर कोहीको सहयोग गर्ने भावना हुन्छ यी बार जनिमएका मानिसहरुको ।

बिहिबार ः हप्ताको पाँचौं बार अर्थात् बिहिबार हो । यो बार जन्मिएका मानिसहरु सरल, शान्त र समझदार हुन्छन् । यी बार जन्मने मानिसमा नेतृत्व गर्न सक्ने क्षमता हुन्छ । कर्म क्षेत्र निकै बलवान हुन्छ भने धेरै साथीहरु बनाउँन सक्ने क्षमता पनि हुन्छ । यो बार जन्मिएका मानिसहरुको प्रेम विवाह हुन्छ र वैवाहिक जिवन पनि सुखमय हुन्छ।

शुक्रबार ःयो बार जन्मिएका मानिसहरुमा पेटसंग सम्बन्धित रोगले ग्रस्त हुन्छन् । निकै शान्त स्वभाव हुने यी मानिसहरु हिमाल झै अटल हुन्छन् । तेज दिमाग हुने यी मानिसहरुको कर्म क्षेत्र बलियो हुन्छ । मनको कुरा खोलि नहाल्ने यी मानिसहरु लजालु स्वभावका पनि हुन्छन् । आफ्नो जिवन साथीलाई अत्याधिक माया गर्ने स्वभावका हुन्छन् भने संगीत, फिल्म, खेलकुद जस्ता कुराहरुमा यिनीहरु आकर्षित हुन्छन् । सानो आवाज र मन्द मुस्कान नै यी मानिसहरुको घायल गर्ने खुबी हो भन्दा फरक नपर्ला ।

शनिबार ः हप्ताको अन्तिम बार अर्थात् शनिबार यो बार जन्मिएका मानिसहरु भोग विलासमा जिवन बिताउने खालका हुन्छन् । हरेक कला कौशलमा निपूर्ण यी मानिसहरु खर्चालु स्वभावका हुन्छन् । गम्भीर प्रकृतिका यी मानिसहरु जिद्धी स्वभावका हुन्छन् । वेैवाहिक जिवन सुखमय हुनुका साथै आफ्नो जिवन साथीलाई निकै केयर गर्ने खालका हुन्छन् । आफूले भनेको ठिक हो भन्ने ठान्छन् । शनिबार जन्मिएका मानिसहरु तीक्ष्ण बुद्धिका हुन्छन् ।

 

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन १५ गते शुक्रवार ।