–सुनकुमार अवाल
जिन्दगी
एउटा खुशी बहार हो !
जिन्दगी
एउटा दुःखको सागर हो !!
यो खुशी र दुःखको
बहार र सागर भित्रको
अथाह रंगमञ्च मात्र हो !!!
यसमा
जसले
जे–गरेर
भएपनि
अभिनय गरे हुन्छ ।
त्यो अभिनयको
बहार र सागरमा
हराए हुन्छ !
नपत्याएमा,
म जस्तै
आफैंमा हराउने मान्छेसंग
सोधिहेरेमा हुन्छ…..
जिन्दगी के हो भनेर !
मेरो परिभाषामा
जिन्दगी
बुझेर बुझ्नै नसक्ने
एबस्ट्राक आर्ट जस्तै हो !

(चांगुनारायण नगरपालिका वडा नंबर–१, दुवाकोट, सरस्वतीखेल, भक्तपुर, बागमती प्रदेश, नेपाल)