indrajatra-2काठमाडौ। नेपाल उपत्यका अर्थात काठमाडौ उपत्यकाको लामो तथा विशेष पर्व इन्द्रजात्रा विधिवत रुपमा प्रारम्भ भएको छ। विश्वमै अलौकिक तथा अत्यन्त कौतुहलतापूर्वक हेरिने गरेको जीवित देवी कुमारीको रथयात्रा प्रारम्भ गरिएपछि इन्द्रजात्राको रौनक बढेको हो। इन्द्रजात्रामा श्री गणेश तथा श्री भैरबको पनि रथयात्रा प्रारम्भ भएको छ।

indrajatra-1आज विहीवार विगतमा कुमारीप्रथाको विरोध गर्ने विद्यादेवी भण्डारीले राष्ट्रपतिको हैसियतले कुमारी रथजात्रा अवलोकन गरेकी थिइन्। राष्ट्रपति भण्डारीले सो अवसरमा जीवितदेवी कुमारी, देवता गणेश र भैरवको दर्शन गरी प्रसादसमेत ग्रहण गरेकी थिइन्। सो अवसरमा सभामुख, न्यायाधीश, मन्त्रीगण, सुरक्षा प्रमुखहरु र विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

लाखे, पुलुकिसी, अष्टमातृका, आकासभैरव र किलागलमातृका नाचसमेत प्रदर्शन गरिएको थियो। हरेक वर्ष भाद्रशुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ।
प्रकाशन मिति–२०७३ साल भदौ ३० गते विहीवार ।