काठमाडौं। काठमाडौंको उत्तरी भेग बूढानिलकण्ठ नगरपालिका वडा नंबर ७ भेटघाट टोलस्थित प्रतिष्ठित ज्ञान चक्षु ईङ्लिस स्कुलले यो बर्ष र अघिल्ला तीन बर्षको माध्यमिक शिक्षा परिक्षा एसइई सफलतापूर्वक उत्तिर्ण गर्ने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिने कार्य भएको छ। विगतका तीन बर्ष कोरोनाको कहर लगायतका कारणले बधाई तथा शुभकामना दिन नसकेपनि यो बर्ष एसइई उत्तिर्ण विद्यार्थीहरुका साथमा बधाई तथा शुभकामना दिने कार्य भएको हो ।

Gyan Chachhu 61690473278.jpg

केही महिना अघिमात्र स्कुल स्थापनाको १७ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइसकेको ज्ञान चक्ष ईङ्लिस स्कुलले सहुलियत शुल्कमा स्तरीय शिक्षा दिदैआएको गुणस्तरीय शिक्षा प्रदान गरिदैआएको छ। जसको कारण काठमाडौंैको उत्तरी भेगमा सर्वोत्कृष्ट विद्यालय हुन सफल भएको बधाई तथा शुभकामना कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुले भनेका छन्। स्कुलका संस्थापक अध्यक्ष रमेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथि मल्टीपल डिस्ट्रिक कोअर्डिनेटर पिडिजी लायन अनन्तप्रसाद भेटवालवाट भएको थियो।

Gyan Chachhu 51690473277.jpg

बधाई तथा शुभकामना कार्यक्रममा यो बर्ष ज्ञान चक्षु ईङ्लिस स्कुलमा अध्ययनका लागि नवप्रवेशी ८० जना नयाँ विद्यार्थीहरुलाई पनि खादा लगाइदिएर स्वागत गर्ने कार्य पनि भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट खेल तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। 

Gyan Chachhu 91690473279.jpg
Gyan Chachhu 71690473278.jpg

विसं. २०६२ सालमा स्थापित ज्ञान चक्षु स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु प्रदान गर्दै आइरहेको छ । २१ औं शताब्दीको समय सापेक्ष र प्रविधि मैत्री, शान्त वतावरण, अनुभवी शिक्षक–शिक्षिकावाट पठन पाठन गरिने भएकाले सबै भविभावकको रोजाईमा परेको छ।

Gyan Chachhu 31690473275.jpg
Gyan Chachhu 21690473274.jpg
Gyan Chachhu 11690473274.jpg