Ecuador_Earthquake.jpgकाठमाडौ। दक्षिण अमेरिकाको पश्चिममा पर्ने इक्युडोर राज्यमा ७.८ रेक्टर स्केलको भूकम्प गएको छ। आइतवार गएको उक्त भूकम्पमा परेर हालसम्म ७७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार ३ सय किलोमिटर तलवाट आएको भूकम्पले कोस्टलको शहर नजिकै रहेको मुइस्ने, गुयाक्वेललाई मुख्य केन्द्र बनाएर भूकम्प गएको हो।भूकम्पले क्विटो शहरमा रहेका घरहरु, भवनहरु ढलेका छन्। भूकम्पगएपछि त्यहाको सरकारले भूकम्प गएको ६ स्थानमा संकटकालको घोषणा गरेको छ भने उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरेको छ।

Ecudor Earthquake

भूकम्पबाट सुनामी आउन सक्ने भन्दै सरकारले स्थानीयबासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। इक्युडोरका उपराष्ट्रपति जॉर्ज ग्लेसले भूकम्प प्रभावित क्षेत्रलाई संकटकाल घोषणा गरेर काम गर्ने बताएका छन्। इक्युडोरका अधिकारीका अनुसार शक्तिशाली भूकम्प भएकाले सुनामीको खतरा रहेको छन्।

अमेरिकी भूगर्भ वैज्ञानिकका अनुसार भूकम्पको केन्द्र दक्षिण पूर्वी समुन्द्री तटको सहर नजिक रहेको थियो। भूकम्पपछि सुनामी आउने डरले भूकम्प प्रभावित क्षेत्रका सार्वसाधारण आतंकित बनेका छन्।

Ecuador_Earthquake.jpg 1

प्रकाशन मिति–२०७३ साल बैशाख ५ गते आइतवार ।