काठमाडौं। नेपाल राष्ट्र बैंकले दशैंका लागि १५ अर्ब हाराहारीमा नयाँ नोट बजारमा ल्याउने भएको छ।

एक हजार र पाँच सय बाहेक एक सय, पचास, बीस, दश र पाँचका १५ अर्ब हाराहारीका नयाँ नोट बजार पठाउने तयारी भैरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले भनेका छन्।

नेपाल राष्ट्र बैकले असोज १२ गतेभित्र बैक तथा बित्तिय संस्थालाई नयाँ नोट बितरण गर्नेछ। सर्बसाधारणले भने असोज २१ गतेबाट मात्र नयाँ नोट साट्न पाउने भएको छ।

नेपाल राष्ट्र बैकले एक जनालाई २७ हजार बराबरको नयाँ नोट दिने गरी ब्यबस्था मिलाएको जनाएको छ। अघिल्लो बर्षको दशैमा राष्ट्र बैंकले १३ अर्ब बराबरको नयाँ नोट बजार पठाएको थियो।
प्रकाशन मिति–२०७५ साल असोज ८ गते सोमवार ।