काठमाडौं। नेपालभाषा र नेपाली दुवै भाषामा कलम र क्यामेरा चलाउंदै आएका प्रतिभावान दुई पत्रकार रेखा शाक्य र शरण डंगोलको पुस्तक सार्वजनिक भएको छ।

नेपालको ऐतिहासिक जात्रा पर्वहरुको ऐतिहासिक जीवन्त दस्तावेजको रुपमा रहेको शाक्य र डंगोलको पुस्तकको नामै जीवन्त संंस्कृतिहरु रहेको छ।

रंगीन कलेवरमा रंगीन फोटो सहितको खोजपूर्ण जात्रा पर्वहरुको जानकारी सहितको पुस्तक आइतवार सहकर्मी तथा सहधर्मी पत्रकारमाझ दुवै पत्रकारहरुले सार्वजनिक गरेका हुन्।

कलम तथा क्यामेराजीवि दुई पत्रकार शाक्य र डंगोलका खुवी जीवन्त संस्कृतिहरु भित्र छट्टाछुल्ल तस्बीर र शव्द भएर पोखिएको छ।

त्यो तस्बीर र शव्दभित्र नेपालका ऐतिहासिक २५ जात्रा पर्वहरुको खोजमूलक जानकारी अनि परिचय रहेको छ। २ सय ४० पेजको यस पुस्तकका प्रकाशक डा.हेरम्ब बहादुर राजभण्डारी र स्नेहलता राजभण्डारी हुन्।

प्रकाशक दुवै राजभण्डारीले शनिवार आयोजित राजभण्डारीहरुको दुर्दाइ गुठीको वार्षिक कार्यक्रममा उक्त पुस्तकको औपचारिक विमोचन गरिसकेको जानकारी दुवै पत्रकार शाक्य र डंगोलले बताएका छन्। पुस्तकको मूल्य नेरु.१ हजार राखिएको छ।
प्रकाशन मिति–२०७५ साल असोज २८ गते आइतवार ।