yomari-1

काठमाडौ। धनधान्यको प्रतिक आज योमरी पुन्ही परेको छ। विशेषत मंसीर महिनामा धानबाली भित्राएर नयाँ धानको नयाँ चामलको पिठोवाट बनाइने अत्यन्त स्वादिलो रोटी अर्थात योमरीको नामवाट योमरी पुन्ही नेवार सम्प्रदायले आदिकालदेखि मनाउंदै आएको छ।

अण्डाकाररुपमा बनाइएको चामलेको पिठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको योमरी नेवार तथा गैरनेवारको अलावा विश्वमा नै यो परिकार अत्यन्त लोकप्रिय रहेको छ। यसै सवैको मनपर्ने रोटीको नामवाट योमरी पुन्ही पर्व परापर्वकालदेखि नेवार समुदायले मनाउंदै आएको संस्कृतिविद पदम श्रेष्ठले भनेका छन्।

yomari-2

यसैदिनलाई एकदशक अगाडि नेपाल सरकारले ज्यापु दिवसको रुपमा पनि मान्यता दिएको थियो। योमरी पुन्हीको दिनलाई नेवार सम्प्रदायभित्रका महर्जन, डंगोल, सिंह, सुवाल, प्रजापति लगायतले ज्यापु दिवसको रुपमा धुमधामसँग मनाउने गरेका छन्।

jyapu-diwas

यसै सन्दर्भमा काठमाडौमा ज्यापु सम्प्रदायको बाहुल्यता रहेका टोलहरुमा ज्यापु दिवसको ध्वंजा, व्यानर, तुल तथा गेट राखेर यस दिवसलाई मनाउने कार्य भएको छ। विहान नौबजेवाट ध्वंजापता सहित काठमाडौको कमलादीवाट र्याली सहित ज्यापु दिवसको अवसरमा शहर परिक्रमा कार्यक्रम पनि गरिएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर २८ गते मंगलवार ।