काठमाडौ। ईश्वी सम्वत अनुसारको नयाँ वर्ष २०१८ आजबाट शुरु भएको छ। नयां बर्ष २०१८ को अवसरमा विश्वभर यस बर्षलाई धुमधाम स्वागत गर्ने कार्य भएको छ।

नेपालमा पनि केही बर्षवाट यो नयाँ बर्षको दिनमा धुमधामका साथ मनाउने कार्य हुंदैआएको छ। अझ पर्यटकीय स्थलहरुमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम भएका छन् ।

यस अवसरमा शुभकामना एक–आपसमा आदानप्रदान गर्ने गर्दछन्। नयाँ वर्षको अवसरमा पर्यटकीय स्थलहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव भएको छ। महोत्सवमा पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरुलाई आकर्षित गर्ने गरिएको पाइएको छ।

नयां बर्षको अवसरमा विशेष गरी काठमाडौंको दरबारमार्ग, ठमेल, भक्तपुरको नगरकोट, पोखरा, चितवनको सौरहालगायतका स्थानमा विशेष कार्यक्रम भएका छन्। यस नयाँ बर्ष २०१८ को अवसरमा भिजन संसार डटकमका आदरणिय–पूजनिय तथा शुभचिन्तक सवैमा हार्दिक मंगलमय शुभकामना।
प्रकाशन मिति–२०७४ साल पुष १७ गते सोमवार ।