काठमाडौं। ८० बर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई काठमाडौं महानगरपालिकाले बर्षेनी एक पटक प्रदान गरिदैआएको विशेष ज्येष्ठ नागरिक भत्ता प्रदान गरिएको छ। यसक्रममा छुटपुटमा परेका ज्येष्ठ नागरिकलाई विशेष भत्ता सहित सम्मान गर्ने कार्य पनि भएको हो।

अझ त्यो पनि नवनिर्वाचित स्थानीय घर–आँगनको सरकारका जनप्रतिनिधिवाट पहिलो पल्ट कोटेश्वर दीपनगरमा भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ३२ का नवनिर्वाचित खुला वडा सदस्य हरिवहादुर बस्नेतवाट बरिष्ठ ज्येष्ठ नागरिक जोगनारायण अवाललाई नगद १२ हजार विशेष बार्षिक भत्ता सहित सम्मान गरिएको छ।

कोटेश्वर भाटभटेनी पछाडि दीपनगर स्थित दीपनगर टोल सुधार समितिका अध्यक्ष नानीकाजी केसी (सिल्वाल) तथा निखिलेश्वर मन्दिरका महासचिव दीलिप अधिकारीको पहलमा उक्त कार्यक्रम भएको हो। निखिलेश्वर मन्दिरका पुजारी पण्डित रामजी खतिवडा तथा विमला खतिवडाले पूजापाठ गर्नुको साथमा मंगलधुन पनि प्रस्तुत गरिएको थियो ।

(सुनकुमार अवालको सहयोगमा)
प्रकाशन मिति–२०७९ साल जेठ १० गते मंगलवार ।