–सनत कुमार थापा
नारी तिमी मलाई संसार देखाउने आदरणीय आमा हौ।
सधै सधै सूभ चाहने तिमी मेरी प्यारी दिदी बहिनी हौ।।

सन्तान को महत्व बुझ्ने आदरणीय हजुर आमा हौ।
मेरो प्रगतिमा सधै गर्व गरि बस्ने तिमी मेरी फुपु हौ।।

संसार हाँक्ने रथका दूई पांग्राहरू मध्ये तिमी एक हौ।
सूख दूखमा सधै मलाई साथ दिने मेरी प्राण प्रिय हौ।।

दूई आँखाको नानी मध्ये तिमी एउटा ऑखाको नानी हौ ।
मूटूको टूक्रा छोरा छोरी मध्ये तिमी मेरी प्यारी छोरी हौ ।।

झोलीको देबता सम्झी सधै स्नेह गर्ने आदरणीय माइजु हौ।
मेरो हसिलो अनुहारको अपेच्क्षामा रहनु हुने सासुआमा हौ।

सधै मायाँ ममता र सद्भाब देखाउने जेठी सासु र साली हौ ।

हाम्रो मामा भनि आदर पुर्वक झ्याम्मिने मेरा भान्जीहरू हौ।।
यो संसारमा नारी तिमी महान ममता र मायाँको खानी हौ।
सकल प्राणीहरूको संरक्षणमा तिमी सधै भरी सकृय रहौ ।।

मेरो हर गोरेटोमा तिमी सधै उचित मार्ग निर्देसक बनि रहौ ।
बिध्याकी देवी सरस्वती धनकी माता लक्ष्मी पनि तिमी हौ ।।

दानवको बध गरि मानवको रक्षा गर्ने भगवती पनि तिमी हौ।
प्राणीको संरक्षक तिमी सधै यो धर्तीमा दिवसको रूपमा रहौ।।


(अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा यथार्थवादी कवि सनत कुमार थापाव्दारा रचित यो सिर्जना।)
प्रकाशन मिति–२०७५ साल फागुन २४ गते शुक्रवार ।