काठमाडौं। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०५ औं जन्मजयन्ती। देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने कार्य भएको छ।

भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पु-याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ।

विसं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका आचार्यले अध्यात्म–रामायणको भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए। उनका रामायणसहित ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’, ‘रामगीता’ तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति प्रकाशित छन्।

आचार्यले लेखेका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तक रकाशन गरेर नेपाली जगतमा भानुभक्त आचार्यको नाम चिनाएका थिए।
प्रकाशन मिति–२०७५ साल असार २९ गते शुक्रबार ।