Sarbendra Khanal

काठमाडौ। नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल नियुक्त भएका छन्।

महानगरीय अपराध महाशाखा, काठमाडौको प्रमुख रहेका खनाल दुई हप्ताअघिमात्रै प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको हो।

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ठाकुर ज्ञवाली मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएपछि ज्ञवालीको स्थानमा खनाल नियुक्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल फागुन ३ गते मंगलवार ।