Rupandehi Blood donation 1काठमाडौ। नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देशी जिल्ला शाखाको ४१ औं नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्त संचार केन्द्र बुटवलमा शनिवार आयोजित रक्तदान कार्यक्रममा १ सय ५२ पिन्ट रगत संकलन भएको नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीले जनाएको छ।

Rupandehi Blood donation 2कार्यक्रम काठमाडौवाट गएका नेपालका रेकर्डेट रक्तदाता तथा नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देही शाखा, लायन्स क्लव अफ बुटवल सेन्ट्रल, लियो क्लव अफ बुटवल सेन्ट्रल र त्रिवेणी विकास बैंक लिमिटेड बुटवल शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको थियो।

Rupandehi Blood donation 3प्रकाशन मिति–२०७३ साल साउन ३२ गते मंगलवार ।