काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १२ पचली निवासी रवि बज्राचार्य तथा अञ्जना बज्राचार्यको पाँच महिनाको छोरा अर्बिन बज्राचार्यको बोनम्यारो ट्रान्सप्लानको लागि नगद सहयोग भएको छ। बज्रशील महाविहार इकुबहालमा बज्राचार्य क्लबले आयोजना गरेको सामूहिक पञ्चदान कार्यक्रमवाट उठेको रकमवाट सहयोग भएको हो।

सामूहिक पञ्चदान कार्यक्रमवाट उठेको नगद एक लाख एकाउन्न हजार एक सय एघार सहयोग गर्ने कार्य भएको जानकारी शिक्षासेवी सामाजिक अभियन्ता निर्मल बज्राचार्यले भिजन संसार डटकमलाई दिएका छन्। सोही सहयोग हस्तान्तरण कार्यक्रममा छ घण्टाको एमएस एक्सेल सर्टिफिकेट कोर्शको प्रमाण–पत्र वितरण गर्ने कार्य पनि भएको थियो।

ज्योति बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षक निर्मल बज्राचार्य, संस्थापक शैलेन्द्रमान बज्राचार्य, निर्वतमान अध्यक्ष सुजन बज्राचार्य, भूतपूर्व अध्यक्ष विप्लप बज्राचार्य तथा कोर्शका संयोजक अल्वर्ट बज्राचार्यको कार्यक्रममा आतिथ्यता रहेको थियो।

अर्विन बज्राचार्यको जिवन रक्षाका लागि पञ्चदानबाट उठेको रकम हस्तान्तरण भएतापनि नपुग भएकाले अर्विन बज्राचार्यको खाता नं. 089003362W Nepal Bangladesh Bank, Sanepa Branch मा डिपोजिट गरी पुण्य कमाउन आयोजकले अपिल गरेको छ।
प्रकाशन मिति–२०७८ साल भाद्र २७ गते आइतवार ।