काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्वर २० को मरु रामघाटस्थित पासाकासा पुचःको टोल सुधार समितिको नयाँ कार्य समिति गठन भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष राजेन्द्र मानन्धरको सभापतित्वमा आयोजित कार्यक्रमवाट नयाँ कार्य समिति गठन भएको हो।

गठित समितिमा कार्यवाहक अध्यक्षमा सत्यमान मानन्धरलाई सर्वसम्मतबाट चयन गरिएको छ। कार्य समितिको उपाध्यक्षमा महेन्द्र डंगोल, सचिवमा जुजु डंगोल , कोषाध्यक्षमा सुजित बैद्य, सह सचिवमा दिनेश महर्जन, सह कोषाध्यक्षमा विनोद मानन्धर तथा अन्य सदस्यहरुमा रामेश्वर डंगोल, अशोकरत्न सेलालिक , अमिता शाक्य, मीरा महर्जन तथा शर्मिला ताम्राकार चयन भएका छन् ।

सल्लाहकारहरुमा हेराकाजी ताम्राकार , राजेन्द्र मानन्धर, ओमशंकर श्रेष्ठ, चन्द्रगोपाल श्रेष्ठ, दिरेकलाल श्रेष्ठ, सुरेन्द्र शाही र मनोज खड्गीलाई पनि सर्वसम्मतले छनौट गर्ने निर्णय भएको आयोजक समितिले जनाएको छ। दशकौं देखि टोलको शान्ति सुरक्षा र सर्वागिण विकासमा समितिले महत्वपूर्ण योगदान दिँदै आएको कार्यवाहक अध्यक्ष सत्यमान मानन्धरले वताएका छन्।
प्रकाशन मिति–२०७७ साल फागुन २१ गते शुक्रवार ।