LP Gyasकाठमाडौ। नेपालमा नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेर घटायो। निगमले आइतबार मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल, मट्टितेलमा प्रति लिटर दुई–दुई रुपैयाँ घटाएको छ। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डरमा २५ रुपैयाँ घटाएको छ।

आन्तरिक तर्फको हवाई इन्धनतर्फ प्रति लिटरमा चार रुपैयाँ घटाइएको छ। निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल प्रति लिटरलाई ९८ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटरलाई ७४ रुपैयाँ तथा खाना पकाउने एक थान सिलिण्डरलाई एक हजार तीन सय ५० रुपैयाँ उपभोक्ता मूल्य कायम गरिएको छ।

हवाई इन्धनको ८२ रुपैयाँ कायम भएको छ। इण्डियन आयल कर्पोरेशन (आईओसी) ले जुलाई १ तारिखमा पठाएको मूल्य सूचीको आधारमा सबै प्रकारको इन्धनको मूल्य समायोजन गरेर घटाएको प्रवक्ता पोखरेलले बताएका छन्।

Petrol 1प्रकाशन मिति–२०७४ साल असार १८ गते आइतवार ।