काठमाडौं। पेन्सनवाला भूपू नेपाली सेना तथा प्रहरी र निजामतीतर्फका पेन्सनवाला निवृत कर्मचारीहरुले बैंकको लापरवाहीको कारण पेन्सन पाउन सकेन।

काठमाडौंको धर्मपथ स्थित नेपाल बैंक लिमिटेडको केन्द्रिय शाखावाट पेन्सन थाप्दैआएका पेन्सनवाला निवृत कर्मचारीहरुले पेन्सन पाउन नसकेको हो।

नेपाली सेनाका भूतपूर्व सैनिक अधिकृत खगेश रञ्जितकारका अनुसार, बैंकको एक महिला कर्मचारीले सेवा निवृत केही पेन्सनवालाहरुको खातामा अञ्जानवश डब्बल–तेब्बर पेन्सन राखिदिएको कारण गढबढी हुन पुगेको हो।

जसले गर्दा लकडाउन छिचोलेर कठिनताकासाथ लाइन बसेका पेन्सनवालाहरु रित्तै फर्कनु परेको पीडा रञ्जितकार लगायतले पोखेका छन्। बैंकले सामान्य गडबढी भएको कारण भोलि या पर्सि त्यो पनि फोन गरेर मात्र पेन्सन लिन आउन भनेको पनि रञ्जितकारको भनाई रहेको छ।

प्रकाशन मिति–२०७७ साल बैशाख १७ गते बुधवार ।