काठमाडौं। धेरैसमय पछि काठमाडौंमा भूकम्पको नराम्रो झटका महशुश भयो। आज राति शुक्रवार ८ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको छ।

करेन्ट लागेजस्तो तर्साउने भूकम्पको झटकाले काठमाडौंवासीलाई त्रसित बनाएको छ। कीर्तिपुर आसपास केन्द्रविन्दू भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले भनेको छ।

जसवाट काठमाडौंमा करेन्ट लागेजस्तो झटका महशुश भएको हो। यो भूकम्प पनि विसं.२०७२ साल बैशाख १२ गते गएको महाभूकम्पकै पराकम्प भनिएको छ।

प्रकाशन मिति–२०७५ साल फागुन ४ गते शनिवार ।