काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको नवौंदिनसम्म पानीसम्म पनि नखाइकन ब्रत बस्ने चमत्कारिक कार्य भएको छ। त्यो कार्य नेपाल वाहिर प्रवास इजरायलमा नेपालीवाटै भएको छ।

विगत ११ बर्षदेखि इजरायल बस्दैआएकी इलित्रा क्षेत्रीले घटस्थापनादेखि निर्जल ब्रत बस्ने कार्य गरेर आज महानवमीका दिन कन्या पूजा गरेर समापन गर्ने कार्य भएको छ। पूर्वी नेपालको ताप्लेजुङ स्थित पाथिभारा माताको अनन्य भक्त इलित्रा क्षेत्रीले बडा दशैंको अवसरमा निर्जल ब्रत बसेकी हुन्।

पाथिभरा माताको भक्तिभावमा लिन बनेर नौ दिनसम्म पानीको थोपा पनि नखाइकन निर्जल ब्रत बसेकी इलित्राको भक्तिभावले इजरायलमा बस्ने नेपालीहरु पनि गर्बित बनेको पाइएको छ।

नेपाल वाहिर यसरी कठोर ब्रत बसेर बडा दशैंको महत्व र यसको उपादेयतालाई त्यहाँ रहेका स्वदेशी तथा विदेशी सवैमा फैलाउन इलित्रा सफल भएकी छन्। इलित्राको श्रीमान प्रसिद्ध फोटोग्राफर डेन्डुप तामाङका अनुसार, इलित्रा सानैदेखि पाथिभरा माताको भक्तिनी हुन्।

सोही भक्तिभाव अनि सदभावले पानी पनि नखाइकन निर्जल ब्रत बस्दा इलित्रालाई कुनै कठिनाइ नभएको इजरायलवाट फोटोग्राफर डेन्डुप तामाङले भिजन संसार डटकमलाई जानकारी दिएका छन्।

पानीको थोपा पनि नखाइकन त्यसरी बडा दशैंको नौरथाभरि ब्रत बस्दा शरीर अलिकति शिथिल हुन बाहेक पाथिभरा माताको कृपाले केही नभएको जिकिर इलित्राको रहेको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक १ गते विहीवार ।