काठमाडौं। नेपाली चलचित्रका कलाकारहरुलाई यतिखेर चुनाव लागेको छ। नेपाल चलचित्र कलाकार संघको यही चैत २३ गते हुने निर्वाचनमा महासचिव पदमा सशक्त अभिनेत्री बिमला केसीले उम्मेदवारी दिने घोषणा गरेकी छन्।

सवैको सल्लाह र सुझावले अभिनेत्री केसीले महासचिवमा उम्मेदवारी दिने निर्णयमा पुगेको भनेकी छन्। आर्थिक पारदर्शिता आफ्नो प्रतिवद्धता भएको र त्यस कुरामा आफू कोषाध्यक्षको जिम्मेवारीमा रहँदा पूरा गरेको जिकिर अभिनेत्री केसीको रहेको छ।

महासचिवमा आफ्नो उम्मेदवारी संघलाई अझ क्रियाशील र रचनात्मक बनाउने प्रयास नै हो भनेर खुलासा पनि अभिनेत्री केसीवाट भएको छ। महासचिवको जिम्मेवारीमा रहँदा पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संघको प्रगतिका लागि निरन्तर लागिरहने प्रतिबद्धता अभिनेत्री केसीवाट जाहेर भएको छ।

नेपाली  चलचित्र शहीद, दलाल तथा देबयानी लगायत थुप्रै
चलचित्रका जुझारु नायिका बिमला केसी फरक सोच र बुलन्द विचारकी यथार्थवादी कलाकार हुन्। जसमा देश विकासका धेरै भिजन तथा मिसन रहेको छ। त्यो भिजन तथा मिसनलाई नेपाली चलचित्रका कलाकारका सवालमा पनि प्रयोग गर्ने र चलचित्रका कलाकारका हक, हित र अधिकारका लागि अहोरात्र लाग्ने कसम खाएकी अभिनेत्री केसी नयाँ सोचकी बेजोड नायिका हुन्। जसको नेतृत्व गर्ने क्षमता अत्यन्त प्रबल रहेको छ।

चिल्ला कुरा तथा मिठा सपनामा अल्झिने र पुरानै सोचले  गर्दा नेपाली चलचित्र र कलाकारको विकास नभएको तथा ती कुरावाट सधै माथि उठ्नु पर्ने धारणा राख्ने स्वभाविक अभिनयकी माहिर कलाकार केसीले चलचित्र कलाकार संघको उत्थानको लागि कोषाध्यक्षको कार्यकालमा एक्लै लागेर पनि निक्कै हितकारी कार्य गर्न पछि नपरेकी बुलन्द कलाकार हुन्।

चलचित्र सेन्सर वोर्डकी प्रमुख सदस्य समेत रहदा पनि नेपाली चलचित्रको पक्षमा आवाज बुलन्द गरेर बेग्लै आयाम कायम गरिसकेकी अभिनेत्री केसी परिवर्तन आफैवाट शुरुवात गर्नुपर्ने धारणा राख्छिन्। बलियो विचार तथा संपन्न मनकी धनी यिनै अभिनेत्री बिमला केसी नेपाल चलचित्र कलाकार संघको ३० औं बार्षिक उत्सव तथा १७ औं साधारण सभावाट महासचिव पदमा भारी मतले निर्वाचित हुनुपर्ने कलाकारहरुको एकमत रहेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ९ गते शनिवार ।