काठमाडौ। महिनामा तीनचोटी पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेर चर्को आलोचनाको शिकार भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले बल्ल मूल्य घटाएको छ।

जनताको ढाड सेक्ने गरेर मूल्यबृद्धि गरेकोमा आइतवार रातिवाट कम्युनिष्ट सरकारले पेट्रोलमा प्रतिलिटर ३ रुपैया घटाएको छ। डिजेल र मट्टीतेलमा दुई/दुई रुपैयाँ मूल्य घटाएको हो। घटेको मूल्य आइतबार राती १२ बजेबाट कार्यान्वयनमा आउने नेपाल आयल निगमले जनाएको छ।

अव पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३–९३ रुपैयाँ कायम गरिएको निगमले भनेको छ। यसअघि निगमले पेट्रोल प्रति लिटर १ सय १३ र डिजेल, मट्टीतेल लिटरको ९५ रुपैयाँमा बिक्री गर्दै आएको थियो। हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने थपघट गरिएको छैन्.।
प्रकाशन मिति–२०७५ साल असार ३ गते आइतवार ।