Weather satelite of Indiaकाठमाडौ। भारतले मौसम प्रक्षेपणको लागि भन्दै उडाएको मानवरहित एक भूउपग्रह नेपालको अछाम जिल्लामा खसेको छ। भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालवाट उडाएको सानो आकारको उक्त भूउपग्रह अछामको बलाता गाविसस्थित भीमडमा आइतवार खसेर दूर्घटनामा परेको अछाम प्रहरीले भनेको छ।

प्रहरीका अनुसार उक्त भूउपग्रह स्थानिय चेतमानसिंह थापाको घर नजिक शंकास्पद बस्तुको रुपमा एकाएक आकाशवाट खसेको थियो। प्रहरी घटनास्थलमा पुगेर चेकजाँच गर्दा भारतवाट उडाइएको भूउपग्रह भएको निश्कर्ष निकालिएको थियो। भूउपग्रहमा लेखिएको सूचनाका आधारमा भारतको नैनीतालवाट यसलाई उडाइएको प्रहरीले निक्र्यौल गरेको हो।
प्रकाशन मिति–२०७३ साल बैशाख २८ गते मंगलवार ।