Bagalamukhi marriage celebrationsकाठमाडौ। आज फरवरी १४ अर्थात प्रेमीहरुको प्रेम दिवस। प्रेम–दिवस भ्यालेनटाइन्स–डेको अवसरमा विश्वभर रमाइलकोसाथ यो दिवस मनाइने क्रम जारी रहेको छ। यस अवसरमा एकले अर्कोलाई माया नै मायाको बर्षा गरेर माया बाँड्ने प्रचलन रहेको छ।

त्यसमाथि, यो बर्षका भ्यालेनटाइन्स–डे सामाजिक अभियन्ता सुनिता कायस्थ र सेभ द चिल्ड्रेन यु.एस.का प्रोग्राम अफिसर धर्मराज बज्राचार्यको लागि विलकुलै नौलो तथा उमंगको प्रतिक सावित भएको छ। दुवैले यसअवसरमा श्रीपंचमी दिन शनिवार दोश्रो विवाह गरेका छन्। विवाहको पच्चीस बर्ष पुगेको विवाह उत्सवलाई जीवनकै नयाँ उत्सवको रुपमा दुवैले लिएका छन्।

पच्चीस बर्षअगाडि विवाह गर्दा दुवैमा डर तथा त्रास भएतापनि पच्चीस बर्षपछि फेरि दोश्रो विवाह गर्दा मनभरि नयाँ उमंग र जोश बढेको दुवैले बताएका छन्। खुशी र उमंगले भरिएको आज आइतवार भ्यालेनटान्स–डेमा एकले अर्कोलाई भ्यालेनटाइन्स उपहार प्रदान गर्दाको बेग्लै मज्जा आएको दुवैले बताएका छन्। हरेक पल तथा क्षणलाई एउटा उत्सवको रुपमा लिनुपर्ने धारणा रहेका यी सकारात्मक दम्पत्ति माया तथा प्रेम अनि विश्वासले नै विवाहको पच्चीस बर्ष मनाउन सफलता पाएको रहस्य पनि उनीहरुले बताएका छन्।

Rose Gift

मोडल पुष्पा बिसीको लागि भने यो बर्षको भ्यालेनटाइन–डे खासै त्यतिको रोमान्चक भएन। पुष्पाको भ्यालेनटाइन्स यानी प्रेमी बैदेशिक रोजगारको सिलसिलामा विदेशमा भएकोले मज्जा नभएको उनले भनेकी छन्। यद्यपि, फेसबुक तथा भाइबरबाट मायाका धेरै कोशेली पठाएकोमा त्यसैमा दंग परेको भन्दै माया भनेको कुरा सधैं नजिक मात्र हुंदैन कहिलेकाही टाढा पनि हुने गर्दछ भनेर प्रतिक्रिया दिएकी छन् । अर्की मोडल तथा नायिका सुषमा अधिकारी भने यो बर्षको भ्यालेनटाइन्स–डेमा यति धेरैले मायाको बर्षा गरेर हैरानै भएको सुनाएकी छन् ।

Sushma Adhikari Hotजो पनि भेट्नासाथ प्रेम प्रपोज गरिहाल्ने यो कस्तो गजबको भ्यालेनटाइन्स–डे भएको भनेर उनी आफै अलमलमा परेकी छन्। उनलाई विभिन्न सामजिक संजाल मार्फत फ्लो गर्नेहरु मात्र पनि ५ हजार भन्दा बढी भएको उनी आफैले भनेकी छन् । यस हिसावले धेरैको मैले यो बर्ष मन राख्न नसकेपनि सवैलाई होलसेलमा आइ लव यु भनेर मन बुझाएको उनले भनेकी छन् । तर, स्पेशल कोही भ्यालेनटाइन्स नभएको उनको जिकिर रहेको छ।

म्युजिक भिडियो निर्माता तथा निर्देशक कृष्णदेव रुपाखेती यो बर्षको आफ्नो भ्यालेनटाइन्स–डे भ्यालेनटाइन्स गीतको एक म्युजिक भिडियो रिलिज गरेर वितेको भन्छन् । म्युजिक भिडियो निर्देशकहरुको भ्यालेनटाइन्स–डे भन्ने नै त्यस संवन्धी म्युजिक भिडियो निर्माण तथा निर्देशन गर्नु र गराउनु हो भनेर रुपाखेतीले स्पष्ट पारेका छन्।

Manju Rana Marriage Aniverssory

सामाजिक अभियन्ता तथा चलचित्र अंशबण्डाकी निर्मात्री मन्जु रानामगर श्रीपंचमीकै दिन आफ्नो विवाहको ३० बर्ष पुगेको उत्सवलाई खासै मनले मनाउन नसकेको यथार्थता बताउंछिन्। १२ बर्षअगाडि श्रीमान शालिकराम रानामगरको देहान्त भएयता श्रीपंचमी तथा भ्यालेनटाइन्स–डेको बेलामा रोएर नै वित्ने गरेको भन्छिन्। श्रीपंचमीको दिन विवाह छिनेको काठमाडौको कुलेश्वरस्थित महादेवस्थानमा गएर एकक्षण रोएर आंशु खसालेको उनले बताएकी छन्। आँशु नै आफ्नो भ्यालेनटाइन्स बन्यो भनेर उनले प्रतिक्रिया दिएकी छन्।

Karishma Manandhar in hotपुरानी ग्लेमर्स् नायिका करिश्मा मानन्धर भ्यालेनटाइन्स–डे सवैले सभ्य तरिकाले मनाउन जानेको भए, यसको अत्यन्त महत्वपूर्ण डे हो भनेर भन्छिन्। यस दिनमा आफ्नो भ्यालेनटाइन्स विनोद मानन्धरसंग क्यानडल लाइट डिनर गरेर वितेका रमाइला ती पललाई दुवैले संझेर मनाएको बताएकी छन्।

उनी हरेक पर्वलाई सभ्य तथा संयमित बनेर मनाउन आग्रह पनि गर्छिन्। । हरेक बर्ष आज फरवरी १४ का दिन मनाइने भ्यालेनटाइन्स–डेले सवैलाई सवैले प्रेम तथा माया अनि विश्वास बांड्न सक्षम हुने विश्वास गरिन्छ। यो पर्वको उपलव्धी नै यसलाई मान्ने गरिएको छ।
प्रकाशन मिति–२०७२ साल फागुन २ गते आइतवार । (भ्यालेनटान्स–डे)