इजरायल । तेलअभिभ स्थित नेपालीहरुको महान धार्मिक सामाजिक संस्था माँ पाथिभरा भक्ति समाज इजरायलको नयाँ कार्य समिति गठन भएको छ। अनलाइन कल कन्फ्रेन्सको माध्यमवाट भएको बार्षिक उत्सव तथा साधारण सभावाट नयाँ कार्य समितिको गठन गरिएको हो।

रुजा राईको अध्यक्षतामा नयाँ कार्य समिति (२०२०–२०२१) गठन गरेको छ। जसमा अध्यक्ष रुजा राई, उपाध्यक्ष डेन्डुप तामाङ, महासचिव अर्जुन पोखरेल (प्रेम), कोषाध्यक्ष राधिका घले तथा सदस्यहरुमा अश्मी लामा, जयन्ती खड्का, सीता बिष्ट, सुस्मिता बस्नेत रहेका छन्। माँ पाथिभरा भक्ति समाजकी संस्थापक अध्यक्ष इलित्रा क्षेत्री (पाख्रिन) संरक्षक बनेकी छन्। नेपाल प्रतिनिधिहरुमा पत्रकार श्याम स्मृत (काठमाडौं), देवप्रकाश खड्का (झापा) र गुरु बिशालकृष्ण बास्तोला (झापा) छन्।

माता पाथिभरा देवीको सत्संगसगै संस्थाको पहिलो बार्षिकी केक तथा दिप मातालाई अर्पण गर्दै खुसी साटासाट गरेर मनाइएको थियो। बार्षिक साधारण सभा संस्थाको संस्थापक अध्यक्ष इलित्रा क्षेत्री (पाख्रीन) को सभापतित्वमा सम्पन्न भएको थियो।


प्रकाशन मिति–२०७७ साल असार १ गते सोमवार ।