काठमाडौं। बाढी–पहिरोवाट विपदमा परेकाहरुलाई सहयोग गर्ने कार्यमा बाह्रबिसे तामाङ सेवा समाजले तदारुकतापूर्वक कार्य गर्दैआएको समाजका अध्यक्ष युद्ध विक्रम तामाङले वताएका छन्।

केही दिनअघिमात्र बाह्रबिसेको जम्बुमा आएको बाढीमा परेर ज्यान गुमाएका १९ जनाको आत्म शान्तिको लागि समाजले तीनदिने मोलम ग्यावा अर्थात बौद्ध संस्कार अनुसार किरिया गरिदिने भएको हो। औतारी वा रेम्बोछेँ लामा गुरु ल्याएर मृतकहरुको आत्मशान्तिको लागि कामना गर्ने कार्यका लागि लाग्ने सम्पूर्ण खर्च समाजले नै गर्ने अध्यक्ष तामाङले वताएका छन्।

बाढीका कारण परिवारका सवै सदस्य गुमाएकी छिरिङ तामाङको जिम्मा पूर्वमन्त्री मोहनवहादुर बस्नेत र नेकपा नेता सरल सहयात्री पौडेलले जिम्मा लिने विषयमा सामाजिक सञ्जाल तथा अनलाइनमा आएको विषयमा सही तथ्यगत पत्तालगाउने तथा यदि नलिएको पाइएमा समाजले नै त्यसको जिम्मेवारी लिने निर्णय भएको अध्यक्ष तामाङले भनेका छन्। यदि लिएको भए, छिरिङ तामाङको स्वास्थ्य, शिक्षा र गाँस–बासको व्यवस्था विषयमा निरन्तर निगरानी राख्ने जिम्मेवारी समाजले नै लिने निर्णय भएको जानकारी पनि समाजका अध्यक्ष तामाङले दिएका छन्।

यो लगायतका विपद व्यवस्थापनका लागि कोष नै खडा गरेर अगाडि बढ्ने कार्य पनि आफ्नो अध्यक्षतामा भएको सभावाट तय गरिएअनुरुप सहयोग राशी राखेर कोष खडा गरिएको जानकारी पनि अध्यक्ष तामाङले भनेका छन्।

प्रकाशन मिति–२०७७ साल साउन ४ गते आइतवार ।