काठमाडौं । रोटरी क्लव अफ कपनका निर्वतमान अध्यक्ष शिवहरि खनालव्दारा वर्तमान अध्यक्ष डा.तेजवहादुर रोक्कालाई पद हस्तान्तरण गरिएको छ।

शुक्रवार काठमाडौं महानगरपालिका वडा नंबर ४ धुम्बाराही शंखपार्क स्थित ग्लोबल क्याफेमा आयोजित छैठौ पदस्थापन कार्यक्रममा निर्वतमान अध्यक्ष खनालले वर्तमान अध्यक्ष डा.रोक्कालाई पद हस्तान्तरण गरेका हुन्।

क्लबका एजि सुरेन्द्र शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वर्तमान अध्यक्ष डा. रोक्कालाई क्लबका एजि ठकुरीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने कलबका पदाधिकारीलाई वर्तमान अध्यक्ष डा.रोक्काले पदस्थापना गराएका थिए।

वर्ष २०२०–२१ को कार्यकालमा आफ्नो टिममा रहि साथ सहयोग गर्ने सबैलाई निवर्तमान अध्यक्ष शिवहरि खनालले मायाको चिनो प्रदान गरेका थिए।

प्रकाशन मिति–२०७८ साल साउन ९ गते शनिवार ।