काठमाडौं। रोटरी क्लब अफ कपनको स्थापना दिवस तथा पदभार हस्तान्तरण कार्यक्रम भएको छ। विहीवार आयोजित कार्यक्रममा रोटरी क्लब अफ कपनको पाँचौ स्थापना दिवस तथा सन् २०२०–०२१ का प्रेसिडेन्ट शिवहरि खनाललाई पदभार हस्तान्तरण कार्यक्रम भएको हो।

विश्वव्यापी सामाजिक संस्था रोटरी क्लबको सिद्धान्त तथा उदेश्यनुरुप स्थापना भएको रोटरी क्लब अफ कपनले विभिन्न सामाजिक कार्यक्रमहरुमा उत्तरदायित्व बहन गर्दै अग्रता प्रदान गर्दैआएको नवनियुक्त प्रेसिडेन्ट शिवहरि खनालले भिजन संसार डटकमलाई वताएका छन्। आफ्नो पदावधि बर्षलाई अझ गरिमामय र उदेश्यमूलक वनाउन आफ्नो प्रयत्न रहने प्रतिवद्धता पनि प्रेसिडेन्ट खनालले व्यक्त गरेका छन्।

कार्यक्रममा रोटरी क्लब अफ कपनका चार्टर प्रेसिडेन्ट मनोज कुमार घिमिरेको जन्म उत्सव पनि मनाइएको थियो। साथमा बडा दशैं तथा तिहारको शुभकामना आदान–प्रदान गर्ने कार्य पनि भएको थियो। कार्यक्रमको संचालन नेपाल डेरी एसोसिएसनका महासचिव समेत रहेका रोटरी क्लब अफ कपनका उपाध्यक्ष प्रल्हाद दाहालले गरेका थिए।
प्रकाशन मिति–२०७७ साल कात्तिक ७ गते शुक्रवार ।