काठमाडौं। कोरोनाको कहरमा विश्व आतंकित भैरहेको बर्तमान अवस्थामा त्यसवाट बच्न र बचाउन नेपालमा लकडाउन गरिएको पनि आज मिति २०७७ जेठ ३ गते शनिवारवाट ५४ दिन पुगेको छ। ५४ दिनपुग्दासम्म नेपालमा कोरोना संक्रमितको संख्या घट्ला भन्ने आँकन गलत हुंदैगएको छ।

लकडाउनको अवधि बढे्जस्तै कोरोनाको संक्रमितहरुको संख्यामा पनि बृद्धि हुंदैगएको छ। जुन दुःखद कुरा हो। गएराति शुक्रबारसम्मको विवरणमा नेपालमा २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ मध्ये २५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ। संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको भनाई छ।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित पर्सामा फेला परेका छन् । लकडाउनको ५४ दिनसम्म पुग्दा यसबीचमा जम्मा ८७ हजार व्यक्तिको नमूना परीक्षण गरिएको छ।

शुक्रबार रातिसम्मको विवरण अनुसार, पर्साः ८९ जना,
कपिलवस्तुः ३९ जना, बाँकेः ३३ जना, रुपन्देहीः २८ जना, उदयपुरः ३३ जना, काठमाडौंः ९ जना, धनुषा, कैलालीः ४ जना, रौतहट, बारा, दाङः ३–३ जना, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुरः२–२ जना, धादिङ, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, सर्लाही, पूर्वी नवलपरासी, मकवानपुरः १-१ जना कोरोना संक्रमित देखिएका छन्।

शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमूना परीक्षण गरिएको छ भने आरडिटीबाट ६३ हजार ८५ जनाको परीक्षण गरिएको छ। देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ जना आइसोलेसनमा उपचाररत छन्। हालसम्म कर्णाली प्रदेश कोरोनामुक्त रहेको छ। देशभरीका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् ।
प्रकाशन मिति–२०७७ साल जेठ ३ गते शनिवार ।