काठमाडौं। नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्टको संक्रमणको कारण आज विहीवारवाट जारी काठमाडौं उपत्यकामा लकडाउनमा होम डेलिभरी पनि शुरु भएको छ। लकडाउनको कारण घरैमा सुरक्षित बसिरहेका उपत्यकावासीको सुविधाका लागि मिठा परिकारका स्वादका लागि होम डेलिभरी शुरु भएको हो।

यस कार्यमा काठमाडौंको गोगंबुचोक स्थित निकोलस हस्पिटालिटी सर्भिसेजले गत बर्षको लकडाउनमा जस्तै यो बर्ष पनि होम डेलिभरी शुरु गरेको छ। काठमाडौंको गोगंबुचोक स्थित निकोलस हस्पिटालिटी सर्भिसेजले एक कल गर्नासाथ काठमाडौं भ्यालीमा फाइभ स्टार होटलको स्वाद घर–घरमा फेरि डेलिभरी गर्न थालेको हो।

स्वदेश तथा विदेशमा होटल लाइनको दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्थापित निकोलस हस्पिटालिटी सर्भिसेजले होटल, हाउस किपिङ, रेष्टुरेन्ट लगायतका तालिम प्रदान गर्दैआएको जानकारी उक्त हस्पिटालिटी सर्भिसका निर्देशक रमेश श्रेष्ठले वताएका छन्।

६ बर्षअगाडि स्थापित निकोलस हस्पिटालिटी सर्भिसेजले हालसम्म दशौं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेको र उनीहरु स्वदेश तथा विदेशका तारे होटलहरुमा कार्यरत रहेको निर्देशक श्रेष्ठले भनेका छन्।

यमवहादुर बुढाथोकी अध्यक्ष तथा बलभद्र ढकाल कार्यकारी निर्देशक रहेको निकोलस हस्पिटालिटी सर्भिसेजले सहज र सरल ढंगवाट जारी लकडाउनमा फाइभ स्टारको स्वाद घर–घरमा पुर्याउन होम डेलिभरी शुरु गरिएको निर्देशक श्रेष्ठले बताए। होम डेलिभरीका स्वादिष्ट हाइजेनिक फाइभ स्टारको स्वादका परिकार वनाउने कार्यमा एक्जुकेटिभ सेफ उमेश भुवाईको टीम नै लागिरहेको जानकारी पनि निर्देशक श्रेष्ठले दिएका छन्।

काठमाडौं भ्यालीभित्र होम डेलिभरी–फ्रि गरिएको र एक कल गर्नासाथ सक्दो चाँडो होम डेलिभरी गर्ने आफूहरुको पूर्ण व्यवस्था रहेको पनि निर्देशक श्रेष्ठले भनेका छन्।
प्रकाशन मिति–२०७८ साल बैशाख १६ गते विहीवार ।