काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले दुईसाता लामो लकडाउन गरेको छ। लकडाउनको आज शुक्रवार एघारौं दिनसम्म आइपुग्दा धेरैजना बेखर्ची बनिसकेका छन्। बेखर्चीको कारण घरको चुल्हो बाल्न समस्या परिसकेको छ।

सरकारको एकव्दार नीतिले छुन नसकेका बेखर्ची विद्यार्थी, ड्राइभर, मजदुरहरुलाई हजुरलाई नमस्ते ट्रेडलिङ्कका अध्यक्ष तथा कार्यकारी प्रमुख ताराबहादुर कुँवरले राहत प्रदान गरेका छन्।

विहीवार र शुक्रवार गरेर ६६ परिवारलाई चामल, दाल, तरकारी, नून–खुर्सानी लगायतका राहत सामाग्री राहत स्वरुप चक्रपथ सर–सफाई अभियानका सामाजिक अभियन्ता समेत रहेका ताराबहादुर कुँवरले राहत प्रदान गरेका हुन।

काठमाडौं महानगरपालिका वडा नंबर १३ स्थित बाफल चोक तथा नागार्जुन नगरपालिका वडा नंबर ४ मा बसोबास गर्ने बेखर्चीहरुका लागि कुँवरले व्यक्तिगत रुपमा राहत प्रदान गरेको बताएका छन्।

नगरपालिकाको मापदण्डभित्र नपरेका बेखर्चीहरुलाई यो लकडाउनको बर्तमान अवस्थामा मानवताको नाताले आफूले सक्दो सहयोग गरेको कुँवरले भिजन संसार डटकमलाई बताएका छन्। कुँवरको मानविय सेवाको सवैले मुक्तकण्ठले प्रशंशा गरेका छन्।
प्रकाशन मिति–२०७६ साल चैत २१ गते शुक्रवार ।