पूज्य सद्गुरुदेव जगतगुरु महायोगी सिद्धबाबाको सत्संकल्प, प्रेरणा र कृपालाई शिरोपर गर्दै सिद्धमहायोग परिवार युके-युरोपले गत शनिबार (१६/०४/२०२२), चैत्र शुक्ल पुर्णिमाको दिन श्री हनुमान जयन्ति महोत्सबमा, युकेको वेम्लि स्थित श्री वल्ल्भनिधि मन्दिरको हलमा एक विशेष कार्यक्रम गरेको थियो। सो अवसरमा युकेको बिभिन्न क्षेत्रबाट साधकहरु जुट्नुभएको थियो।

 

उक्त कार्यक्रम श्री हनुमानजिको महिमाको बारेमा प्रकाश पार्दै सुरु गरिएको थियो। कार्यक्रममा सबै उपस्थित साधक तथा भक्तजनहरुले सामुहिक रुपले श्री हनुमानजिको १०८ नाम वाचन, वजरंग वाण वाचन, हनुमान चालिसा पाठ, संकटमोचन पाठ तथा पुरा सुन्दरकाण्ड पाठ, संगितमय ढंगमा गरिएको थियो। यसैगरि श्री हनुमानजिको झाँकि प्रदर्शन गरि हनुमानजिको आरति गरि सामुहिक रुपमा भजन किर्तन गरिएको दृष्य अति आकर्षक देखिन्थ्यो। त्यस पछि श्री हनुमानजिलाई मनपर्ने लड्डुसहित बिभिन्न सात्विक मिष्ठान्नको परिकार सहित भण्डाराको व्यवस्था गरिएको थियो। भण्डारा पछि श्रीराम र हनुमानजिको भजन किर्तन गर्दै एक र्यालिसहित मन्दिर परिक्रममा गरिएको दृ्ष्य अति मनमोहक देखिन्थ्यो।

कार्यक्रममा सहभागि भक्तजनहरु भन्नुहुन्छ् यस्ता कार्यक्रमले आफ्नो जिवनमा नौलो अनुभव थपेको छ। आफुमा बिशेस कृपा प्राप्त हुनुको फलस्वरुप उर्जा थपिएको, भक्तिभाव बडेको, आध्यात्मिक बाटोमा अगाडि बड्न ठूलो प्रेरणा मिलेको बताऊनुहुन्छ।यस्ता कार्यक्रम हरु नियमित रुपमा गर्न अति उत्सुक भएको बताउनुहुन्छ्।
अघिल्ला कार्यक्रममा जस्तै सबैको अथक प्रयास र निरन्तर खटाईले कार्यक्रम सम्पन्न गर्न सबैले पुर्याएको योगदानको सरहाना गर्दै संस्थाका अध्यक्ष गोबिन्द घिमिरेले कार्यक्रम आयोजक तथा संस्थाका सबै पदाधिकारिहरु, साधनजनहरु र मिडियाकर्मि सनम कुमार बैराग लगायत संयोजकद्वय समुन्द्र भट्ट तथा बिनु भट्टराई प्रति हार्दिक धन्यबाद ब्यक्त गर्नुभयो।

यो कार्यक्रममा मन्दिरका अदक्ष्य तथा मुलपुजारीको पनि उपस्थिति थियो र सो कार्यक्रमप्रति उहाहरुले धेरै प्रसन्नता ब्यक्त गर्नुभएको थियो।