काठमाडौं। नव स्थापित लायन्स क्लब अफ काठमाडौं विभूतिले स्थापनाको पहिलो दिनमा नै विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको छ। सामाजिक सेवामय विश्वव्यापी मान्यतानुरुप कोरोनाको कहरमा रक्तदानको महत्व र आवश्यकतालाई मध्यनजर गरेर विशेष रक्तदान कार्यक्रम गरेको हो।

Chartered Presedent of Lions Club of Kathmandu Bibhuti- M/s Ramita Shrestha

काठमाडौंको इन्द्रचोकमा आयोजित कार्यक्रममा लायन्स क्षेत्रका गन्यमान्य विशिष्ट व्यक्ति तथा स्थानीय निकायको सहभागितामा कार्यक्रम भएको जानकारी आयोजक लायन्स क्लब अफ काठमाडौ विभूतिका चार्टर प्रेसिडेन्ट रमिता श्रेष्ठले भिजन संसार डटकमलाई वताएकी छन्।

चार्टर प्रेसिडेन्ट श्रेष्ठका अनुसार, बुधवार आयोजित रक्तदान कार्यक्रममा ९५ जना रक्तदाताहरुले स्वतःस्फूर्तरुपमा रक्तदान गरेका थिए। यसप्रकाकार सामाजिक महत्वका विशेष कार्यक्रमहरु आगामी दिनहरुमा क्रमिक रुपमा गर्दैजाने प्रतिवद्धता पनि चार्टर प्रेसिडेन्ट श्रेष्ठले जनाएकी छन्।


प्रकाशन मिति–२०७७ साल असोज २२ गते विहीवार ।