काठमाडौं। लायन्स तथा लियो क्लब चाबहिलको आयोजनामा सामूहिक बेल–विवाह संपन्न भएको छ। चावहिलको लामपोखरीस्थित लायन्स तथा लियो क्लबको कार्यालय भवन परिसरमा बुधवार र विहीवार सामूहिक बेल–विवाह कार्य संपन्न भएको हो।

प्रमुख आतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए–२ का डिष्ट्रिक्ट गभर्नर लायन शोभा जोशीले कार्यक्रमको सुभारम्भ गरेकी थिइन्। प्रत्येक दुई बर्षमा हुने सामूहिक बेल–विवाह कार्यक्रम तेह्रौ पटक सम्पन्न भएकोमा हर्ष प्रकट गर्दै क्लबका अध्यक्ष श्रीहरि श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए।

नेवार समाजमा धर्मशास्त्र अनुसार, वालिकालाई रजश्वला हुनुअघि बेलविवाह गरिदिने प्रचलन रहेको छ। यसलाई नेवार भाषामा “इहि” भनिन्छ। बेलमा सुनको विष्णुको प्रतिमा टाँसी कन्यालाई सुनको कुनै गहना लगाउन दिई सम्पन्न गरिने कर्मलाई बेल–विवाह हो भनेर पुरोहित राजन राजोपाध्यायले बताएका छन्।

उक्त बेल–विवाहमा काठमाडौं, ललितपुर, सिन्धुपाल्चोकबाट २८ जना बालिकाहरुको सामूहिक बेल–विवाह गर्ने कार्य भएको जानकारी कार्यक्रमका संयोजक लायन्स महेन्द्रराज श्रेष्ठले दिएका छन्।
प्रकाशन मिति–२०७६ साल माघ १७ गते शुक्रवार ।