ललितपुर । आत्मनिर्भरताको लागि सीप सिकौं–स्वरोजगारी बनौं भन्ने मूलनारा सहित पाँच महिने सिलाई तालिमको शुभारम्भ भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित थसिखेलमा रहेको थसिखेल महिला समूहको आयोजनामा पाँच महिने सिलाई तालिमको शुभारम्भ भएको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले कपडा सिलाएर पाँच महिने सिलाई तालिम उदघाटन गर्दा तालिममा सहभागी महिला दिदीबहिनीहरुमा गजबको उत्साह पैदा भएको थियो। वडा अध्यक्ष श्रेष्ठले उदघाटन समारोहमा हातमा सीप भएमा कहिले पनि कोही भोको नहुने जानकारी दिदैं सिलाई तालिमको महत्व र आवश्यकता माथि प्रकाशन पारेका थिए।

आयोजक थसिखेल महिला समूहका अध्यक्ष बसन्ती रिजालको सभापतित्वमा भएको कार्यक्रममा महिला वडा सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्य पूनम निरौला, वडा सदस्य अशोक कुमार श्रेष्ठ र वडा सदस्य मञ्जु रिजालको विशेष आतिथ्यता रहेको थियो।

ललितपुर महानगरपालिका वडा नंबर ५ को अनुदान सहयोगमा संचालित तालिमवाट विभिन्न सात महिला समूहका प्रत्येक दुईजनाको सहभागिता रहेको जानकारी आयोजक संस्थाले जनाएको छ।
प्रकाशन मिति–२०७७ साल माघ १५ गते विहीवार ।