काठमाडौ। मध्यनेपालको चितवन नारायणगढ–मुग्लिन सडकखण्ड यो आउने शनिबार कात्तिक २५ गते दिनभर जसो बन्द हुने भएको छ।

सडक खण्डको सेती दोभानमा रहेको एउटा ठूलो ढुंगालाई व्यवस्थापन गर्न शनिबार दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टाका लागि सडक बन्द गर्न लागिएको हो।

खेती दोभानमा रहेको ठूलो ढुंगा सडकखण्डमा खसेर ठूलो क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले त्यसलाई व्यवस्थापन गर्न दुवैतर्फ सवारी सञ्चालनमा रोक लगाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भनेका छन्।

सरोकारवालाहरुको बैठकले सडकखण्डमा अझै पनि धेरै खाल्डाखुल्डी रहेकाले तत्काल सम्याउन निर्देशन दिएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २२ गते बुधवार ।