–नारायण लिंखा देवान
ललितपुर। संकल्प महिला समूहको १५ औं बार्षिक साधारण सभा संपन्न भएको छ। शनिवार ललितपुरको थसिखेल स्थित महालक्ष्मी पार्टी भेन्यूमा संकल्प महिला समूहको १५ औं बार्षिक सभा संपन्न भएको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सभा संस्थाका अध्यक्ष रिता ढुंगानाको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथिको आसनवाट बोल्दै वडा अध्यक्ष श्रेष्ठले सहकारीले जनताको आर्थिक अवस्था सुधार गर्न सहयोग गरेको वताउंंदै संकल्प महिला समूहले समाजमा दिएको योगदानको दिल खोलेर तारिफ गरेका छन्।

दिगो विकासका लागि सामाजिक एकता र सहकार्य मूलनाराकासाथ आयोजित बार्षिक साधारण सभामा संस्थाकी सदस्य सुनिता ढुंगानाले स्वागत मन्तव्य र रिता खनालले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेकी थिइन्।

साधारणसभाले आगामी कार्यकालका लागि अध्यक्षमा रिता ढुंगाना, उपाध्यक्ष राधा चालिसे, महासचिव अञ्जु ढुंगाना, सचिव स्वस्तिका ढुंगाना, कोषाध्यक्ष प्रमिला पौडेल, सहकोषाध्यक्षमा चण्डिका आचार्यलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा पवित्रा ढुंगाना, कुन्ति ढुंगाना, राजेश्वरी ढुंगाना र सुष्मिता ढुंगाना चयन भएका छन् । कार्यक्रममा वडासदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडासदस्य अशोक श्रेष्ठ र मञ्जु रिजालले पनि संस्थाको उन्नति तथा प्रगतिको कामना गरेका थिए।


प्रकाशन मिति–२०७७ साल असार १३ गते शनिवार ।