Junko Tabei- First Mt. Everest Climber Lady of world.
Junko Tabei- First Mt. Everest Climber Lady of world.

काठमाडौ। विश्वकै अग्लो शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला आरोही जुनको तावेईको ७७ बर्षको उमेरमा दुःखद निधन भएको छ। जापानी टेलिभिजन एनएचकेका अनुसार जापानको साइटामा क्यान्सरको उपचारको क्रममा तीन दिनअघि तावेईको निधन भएको हो।

चार बर्षदेखि क्यान्सर रोगवाट पीडित बनेकी तावेई जापानको फुकुसीमा जन्मेकी थिइन्। तावेईले सन् १९७५ सालमा नेपालमा आएर सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

२० दिनमा सगरमाथाको सफल आरोहण गर्ने तावेई सेभेन समिटको सफल आरोहण गर्ने पहिलो महिला आरोही समेत बन्न सफलता पाएकी थिइन्। नेपाल र नेपालीलाई अत्यन्त माया तथा सदभाव राख्ने जुनको तावेईको दुःखद निधनवाट नेपाल पर्वतारोहण संघले नेपालको पर्वतीय पर्यटनमा ठूलो क्षति भएको जनाएको छ।

प्रकाशन मिति–२०७३ साल कात्तिक ६ गते शनिवार।