–निशान बुढाथोकी
काठमाडौं। हँसिलो मुहार, मृदुभाषी , सरल स्वभावकी धनी सविता घिमिरे ! यो काम गर्छु भनेर आटेपछि कहिले पनि पछि नहट्ने बानी छ–स्मार्ट किड्स किन्डरगार्डेनका संस्थापक प्रिन्सिपल सविता घिमिरेको।

अझ भनौं कुनै पनि काम गर्दा त्यसमा निरन्तरताको खाँचो पर्छ । काम त गर्ने तर, त्यसलाई निरन्तरता नदिने हो भने सफलता कहिले पनि पाउन नसकिने जिकिर सविता घिमिरेको रहेको छ।

काठमाडौंको बालाजु–बनस्थली खरिबोट स्थित स्मार्ट किडस् किन्डरगार्डेन विगत ९ वर्ष देखि निरन्तर रुपमा संचालन हुँदै आइरहेको छ। यो ९ वर्षको अन्तरालमा धेरै किसिमका चुनौतीहरु नआएका होइनन् । ती चुनौतीहरु पन्छाउँदै समय अनुसार चलिरहेको संस्थापक प्रिन्सिपल सविता घिमिरेको भनाई छ।

शुरुको अवस्थामा दुई जना कर्मचारी र १४/१३ जना बच्चाहरु मात्र भएर संचालन गरिएको थियो भने अहिले २२ जना कर्मचारी तथा १८० जना बच्चाहरु छन्। शुरुको अवस्था सम्झिदा अहिले पनि मनमा चिसो पस्ने गरेको भन्छिन्–सविता घिमिरे । कारण थियो प्राकृतिक प्रकोप। हुन त प्राकृतिक प्रकोप कुनै बाजा बजाएर आउने कुरा त होइन। स्कुल संचालन हुँदै थियो विसं.२०७२ सालमा महाभूकम्प आयो।

त्यस अवस्थामा हामीलाई सम्हालिन साह्रै गाह्रो भयो। तर पनि यस्ता समस्याहरु पार गर्दै आजको अवस्थामा आइपुग्दा कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त पारेको अवस्था छ । तरपनि हामी नआत्तिकन यस्ता समस्याहरुको सामना गर्दै अघि बढीरहेका छौं। यहाँको विशेषता भनेको प्रत्येक बच्चाहरुको आफ्नै छुट्टै खालको खुबी हुन्छन् ती खुबीलाई चिनेर हामीले उहाँहरुलाई त्यही अनुसार अगाडि बढाइरहेका छौं।

पारिवारिक वातावरणमा संचालन भइरहेको यस किन्डरगार्डेनमा आउने जो कोही मानिसहरु पनि लोभिने गरेको छ । जुन यसको विशेषता नै हो। मुख्य कुरा बच्चाको शिक्षा र स्वास्थ्यलाई विशेष ध्यान दियो भने भविष्यमा पक्कै पनि सवल र कुशल तथा दक्ष नागरिक पाउन सकिन्छ भन्नेमा दुईमत छैन।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल असोज १० गते आइतवार ।