काठमाडौं। शिक्षालाई घोकण्ठे विद्याका रुपमा बढी प्रयोग नगरिकन प्रयोगात्मक शिक्षामा जोड दिने कार्य भएको छ। विद्यालयमा अध्ययन तथा अध्यापन गर्ने कार्यमा रिफ्रेसमेन्टको आवश्यकताको महशुश गरिएको छ। जसवाट सार्वजनिक विद्यालयको पढाईमा गत्ति आउने कुरामा जोड दिएर राष्ट्रिय युवा परिषदसंगको सहकार्यमा संकल्प विकास केन्द्र नेपालले सार्वजनिक शिक्षामा सबलिकरण कार्यक्रम सोमवार आयोजना गरेको छ।

छात्रा शिक्षामा जोड दिदैआएको काठमाडौंको डिल्लीबजार स्थित पदम–कन्या विद्याश्रम माध्यमिक विद्यालयमा सार्वजनिक शिक्षामा सबलिकरण कार्यक्रम भएको हो। जसमा छात्रा विद्यार्थी तथा शिक्षक र अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो। पदम–कन्या विद्याश्रम माध्यमिक विद्यालयकी प्रधानाध्यापक रीता तिवारीको सभापतित्वमा भएको कार्यक्रममा सोही विद्यालयकी सहप्रधानाध्यापक मुना निरौला, इशिए कोअर्डिनेटर ध्रुवराज थापा, सामाजिक शिक्षक शशी गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक प्रतिनिधि राजेन्द्रसिंह महराको विशेष आतिथ्यता रहेको थियो।

कक्षा ९ मा अध्ययनरत ७० भन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको कार्यक्रममा स्रोतव्यक्ति प्राध्यापक निर्मल बज्रचार्यले ती विद्यार्थीहरुको १० वटा सञ्जाल अर्थात टीम तयार पारेर सबलिकरण कार्य गर्न लगाएका थिए। उनीहरुलाई कक्षा कोठामा आफूहरुलाई अध्ययन गर्न मानसिक रुपमा तयार पार्ने सरल उपायहरु प्रयोगात्मक रुपमा गर्ने र गराउने कार्य भएको थियो। शिक्षकले पढाएका पाठहरुलाई सरल ढंगवाट संझ्ने र तिनलाई व्यवहारमा उतार्ने अनि कक्षा कोठामा शिक्षक अनुपस्थित भएको अवस्थामा आफूहरुले कक्षा संचालन गर्ने तौर–तरीकालाई पनि सरल ढंगवाट सिकाउने कार्य प्राध्यापक बज्राचार्यवाट भएको थियो।

त्यसैगरेर, विद्यालयमा छात्रा विद्यार्थीहरुको मासिक धर्म महिनावारीको बेलामा आउने उत्तार–चढाव र तिनले ल्याउने मनोविकारलाई दूर गर्ने तौर–तरीकालाई पनि मनोबैज्ञानिक ढंगवाट सिकाउने कार्य भएको थियो। महिनावारीको बेला हुने समस्यालाई दूर गर्नका लागि घरेलु उपचारका सरल विधिलाई पनि अपनाउन युवा छात्रा विद्यार्थीहरुलाई प्रेरित गर्ने कार्य भएको थियो।

यस सार्वजनिक शिक्षा सबलिकरण कार्यक्रमवाट आफूहरुलाई अत्यन्त लाभप्राप्त गरेको विद्यार्थीहरुले अन्तमा पालै–पालो प्रतिक्रिया व्यक्त गरेका थिए। विद्यालयका इशिए कोअर्डिनेटर ध्रुवराज थापाले पनि कार्यक्रम विद्यार्थी, शिक्षक तथा अभिभावकका लागि ज्यादै प्रभावकारी भएको बताएका थिए। अग्रज कवि तथा साहित्यकार प्रज्ज्वल घिमिरेले समसामयिक कविता तथा प्यारोडी गीत प्रस्तुत गरेर विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।कार्यक्रमको सञ्चालन तथा संयोजन सञ्चारकर्मी श्याम स्मृतवाट भएको थियो।


प्रकाशन मिति–२०७६ साल फागुन १२ गते सोमवार ।