काठमाडौं। सेभ नेवाः भ्यालीका अभियन्ता शैलेश शाक्य लगंबरेजुले पचासभन्दा सामाजिक अभियन्तालाई सामूहिक सम्मान गर्ने भएको छ। महान पर्व तिहार तथा नेपाल संवत नयाँ बर्ष ११४२ को अवसरमा लगंबरेजुले सामूहिक सम्मान गर्न लागेको हो।

यही कात्तिक १६ गते मंगलवार विहान काठमाडौं महानगरपालिका वडा नंबर २१ लगनटोलको लगनचोकमा भव्य सम्मान गर्ने व्यापक तयारी लगभग पूरा भएको लगंबरेजुले भिजन संसार डटकमलाई बताएका छन्।

लगंबरेजुका अनसार, पचास सामाजिक अभियन्ताका साथमा नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बौद्ध विव्दान ज्ञानमान शाक्यलाई विशेष सम्मान गर्ने भएका छन्।

प्रकाशन मिति–२०७८ साल कात्तिक १३ गते शनिवार ।