काठमाडौं। लायन्स क्लब अफ काठमाडौं स्वनिगःको आयोजनामा बहिरा विद्यार्थीहरुको लागि लत्ताकपडा तथा भाडाबर्तन सामाग्री सहयोग गरेको छ। काठमाडौंको पुरानो वानेश्वर स्थित बहिरा छात्रावासमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं स्वनिगःले उक्त सहयोग गरेको हो।

२९ बर्षदेखि लायन्स क्लब मार्फत अन्तरराष्ट्रिय सामाजिक सेवा नेपालमा गर्दैआएका बरिष्ठ लायन मणिश्रीरत्न बज्राचार्यको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा जीवन बीमा बिज्ञ तथा लायन्स क्लब अफ काठमाडौं स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजुको विशेष आतिथ्यता रहेको थियो।

आयोजक लायन्स क्लब अफ काठमाडौं स्वनिगःका प्रेसिडेन्ट गेहेन्द्र गुरुवाचार्यले संचालन गरेको कार्यक्रममा इमिडेट पास्ट–प्रेसिडेन्ट धर्मकुमार श्रेष्ठले सांकेतिक भाषा प्रयोग गरेर ५० भन्दा बढी बहिरा विद्यार्थीहरुलाई कार्यक्रमको बारेमा जानकारी प्रदान गरेका थिए।


प्रकाशन मिति–२०७६ साल फागुन १० गते शनिवार ।